सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

विद्यालय शिक्षा ऐनको मस्यौदाप्रति निजी स्कुल सञ्चालकहरूको आपत्ति

काठमाडौँ/

प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन् । उक्त मस्यौदामा निजी विद्यालयहरूप्रति आक्रामक बनेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।

मस्यौदामा उल्लेख भएका विषयमा गम्भीर समीक्षा गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ ।

sfal

प्याब्सनका महासचिव आरबी कटुवालले ५ वर्षभित्रमा शैक्षिक गुठीमा जानुपर्ने भन्ने विषय गम्भीर रहेको बताए । हिजोको दिनमा जबरजस्ती गरेर निजी स्कुलहरूलाई कम्पनीमा ल्याएको र आज जबरजस्ती नै गुठीमा लैजान खोजिएको भन्दै यो विषयमा गम्भीर छलफल हुने बताए ।

‘५ वर्षभित्रमा गुठीमा जानुपर्छ भन्नेमा आपत्ति छ । हिजो जबरजस्ती कम्पनीमा ल्याएको हो । त्यसमा जबरजस्ती गरिनु हुदैन्,’ उनले भने, ‘कसैले लगानी गर्छ भने उसको क्षमता हेरेर लगानी गरेको हुन्छ । १५ वर्ष २० वर्ष तिर्ने गरी कर्जा लिएको छ भने ५ वर्षमा कसरी त्यो फरफारख गर्न सकिन्छ ।’

यो विषय मस्यौदामा कसरी र कहाँबाट आयो भन्ने विषयमा आफूहरू अचम्मित परेको उनको भनाई छ । ५ वर्षभित्रमा सबै हिसाब फरफारख गरेर शैक्षिक गुठीमा जानुपर्ने भन्ने विषयमा भोलि बस्ने पूर्ण बैठकमा छलफल हुने बताए ।

Leave A Reply

Your email address will not be published.