पोखरा /
नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुने भएको छ ।
यहि अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुषरमहिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् ।
उक्त प्रतियोगितामा पुरुषतर्फ सुरज राना मगर तथा महिलातर्फ उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने छन् । दुवै खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३ औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।
यसै गरी व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी टोलीमा रहेका छन् । टोली आइतबार स्कटल्याण्ड प्रस्थान गर्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।