सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेश भित्र प्रतियोगिता आयोजना गर्दा परिषदको स्विकृती अनिवार्य

पोखरा /

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश भित्र हुने कुनै पनि खेल गतिविधि सञ्चालन गर्नुपूर्व अनिवार्य स्विकृती लिनुपर्ने भएको छ ।

परिषदले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई बिहिबार गरेको पत्रचारमा खेल सञ्चालन गर्नुपूर्व आयोजकले अनिवार्य स्विकृती लिनु पर्ने जनाएको हो ।

जिल्लास्थित प्रशासन कार्यालयहरुलाई समेत वोधार्थ समेत दिएको पत्रमा–“प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३७ को {३} बमोजिम निजि क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय, अन्तर्राष्ट्रिय वा प्रदेशस्तरिय प्रतियोगिता आयोजना वा संचालन गर्नु अघि सम्वन्धित खेल संघको सिफारिससहित परिषदको स्विकृती लिनु पर्ने व्यवस्था रहेको हुँदा सोही बमोजिम गर्नु गराउन हुन”– भनिएको छ ।

“जिल्ला भित्र सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिताहरुको लागि राखेपरयस परिषद वा जिल्ला खेलकुद विकास समिति संग समन्वयरसहकार्यरजानकारी गरेको हुनुपर्ने र प्रतियोगितामा सहभागि हुने खेल संचालक, रेफ्रिरअम्पाएर समेत यस परिषदमा सुचिकृतरअभिलेखीकरण रहेको हुनुपर्ने छ ।”

परिषदले जिल्ला भित्र रहेका खेल प्रशिक्षण तथा तालिम केन्द्रहरुको समेत अनुमती हुनु पर्ने संगै ति केन्द्रहरुमा कार्यरत प्रशिक्षकहरुको समेत अनिवार्य सूचिकृत हुनुपर्ने पत्रमा उल्लेख छ । त्यस्तै जिल्लास्थित खेल पूर्वाधारहरु {कभर्ड हलररंगशाला}हरुको सञ्चालनरव्यवस्थापनमा राखेप र यस परिषदर जिल्ला खेलकुद विकास समिति आफै वा ति निकायको लिखित अनुमतीरसहमतीमा व्यवस्थापन भएको हुनुपर्ने पत्रमा जनाइएको छ ।

त्यसै गरी जिल्ला खेलकुद संघहरुको अधावधिक, दर्ता र नविकरण सहित साधारण सभा भए नभएको समेत अनुगमन र नियमन गर्न जिल्ला खेलकुदहरुलाई निर्देशन दिइएको छ ।

Leave A Reply

Your email address will not be published.