सुचना, समाचार र मनोरन्जन

महिला संघमा विवाद : देशभर समानान्तर समिति बनाउने चेतावनी

काठमाडौं /

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको केन्द्रीत नेतृत्वले विधान विपरित १२ जिल्लाका सभापतिलाई हटाएको भन्दै अर्को पक्षले आपत्ति जनाएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २० केन्द्रीय सदस्यले जिल्ला सभापतिलाई हटाउने निर्णय नसच्चाए देशभर समानान्तर समिति बनाउने चेतावनी समेत दिएका छन्।

Chaka Panja

महिला संघमा लामो समयसम्म संगठनमा काम गरेका नेता कार्यकर्तालाई पाखा लगाउने उद्देश्यले कसैको निहित स्वार्थ पूरा गर्नका लागि महिला संघम विग्रह ल्याइएको उनीहरुको आरोप छ।

उनीहरुले तीन दिन भित्र उक्त निर्णय सच्चाउन अल्टिमेटम समेत दिएका छन्। विधानविपरित काम गरेको भन्दै संघकी अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्नुपर्ने केन्द्रीय सदस्य रिता शाहीले बताए।

उनले यस बिषयमा पार्टीसभापतिलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको बताइन्। संघकी अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारमा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाइ हटाएकी थिइन्।

Leave A Reply

Your email address will not be published.