सुचना, समाचार र मनोरन्जन

उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले गर्‍याे सदन अवरुद्ध

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गरेको हो।

काठमाडौं /

उच्चस्तरीय समिति गठनको माग गर्दै बुधबार पनि प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गरेको हो।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिएका थिए।

Chaka Panja

थापाले बोल्न सुरु गरेपनि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए। सत्तापक्षका सांसदहरुले विरोध गर्दा थापाले सुन तस्करी काण्डको २२ दिन बित्दा पनि सत्ता पक्षले छानबिनका लागि कुनै मनसाय नदेखाएको बताए।

उनले तस्करीको संरक्षण गर्ने गरि सदनमा गृहमन्त्रीको जवाफ आएको तर्क गरे। थापाले बोल्दै गर्दा समय सकिएको जनाउदै सभामुखले माइक बन्द गरेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए।

सुन तस्करी प्रकरणमा छलफल भइरहेको सदनलाई चलाउन सभामुखले आग्रह गरेपनि एमाले सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.