सुचना, समाचार र मनोरन्जन

सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखियो: मेयर शाह

काठमाडौँ /

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् । शनिबार बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको बताएका हुन् ।

मेयर शाहले भनेका छन् स् ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता {आर्टिफिसियल इन्टेलिजेन्स}, ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो ।’

महानगरपालिकाले शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम अन्तर्गत काठमाडौँका भानु माध्यामिका विद्यालय र पद्मोदय माध्यामिक विद्यालयमा प्रावधिक विषयको सिकाइबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । शाहले बुक फ्रि फ्राइडेका कार्यक्रम अन्तर्गत शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालनको तयारी गरिएको समेत जानकारी दिएका छन् ।

काठमाडौँ महानगरपालिकाले प्रत्येक शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस्तो छ शाहको स्टाटस् :

प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरुको गहिरो रुचि : यो रुचि हाम्रा लागि अवसर

सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता {आर्टिफिसियल इन्टेलिजेन्स}, ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो । भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा {रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्} मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।

प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । यसपछि हामी अभिमुखीकरण {ओरियन्टेसन} का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिप्छौँ। त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउँछौँ ।

यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ । अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरुलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विदार्थीलाई पुस्तकमा भएको सिद्धान्त {थ्यौरी} लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ ।

महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छौँ ।

Leave A Reply

Your email address will not be published.