सुचना, समाचार र मनोरन्जन

पोखरामा हाडजोर्नी डाक्टरहरुको तेस्रो “IAOS अन्तराष्ट्रिय वार्षिक” सम्मेलन

बिशेषत: पछिल्लो समयमा भइरहेको बिकास क्रमलाई मध्यनजर गरि पोखरामा ३ दिने सम्मेलन गरेको अन्नपुर्ण अस्पतालका संचालक एवम् सम्मेलनका संयोजक  डाक्टर दिपेन्द्र गुरुङले जानकारी दिए।

पोखरा /

पोखरामा हाडजोर्नी डाक्टरहरुको 3rd IAOS International annual conference तेस्रो “IAOS अन्तराष्ट्रिय वार्षिक”  सम्मेलन सम्पन्न भएको छ।

बिशेषत: पछिल्लो समयमा भइरहेको बिकास क्रमलाई मध्यनजर गरि पोखरामा ३ दिने सम्मेलन गरेको अन्नपुर्ण अस्पतालका संचालक एवम् सम्मेलनका संयोजक  डाक्टर दिपेन्द्र गुरुङले जानकारी दिए।

३ दिनसम्म आयोजना गरेको सम्मेलनमा आधुनिक शेैलीको उपचार विधि र पद्धतिको बारेकमा गहन छलफल भएको गुरुङले बताए ।

३० देशका करिव ४५० हाडजोर्नी डाक्टरहरुको सहभागिता रहेको सम्मेलनमा हाडजोर्नी रोगलाइ नया विधिबाट उपचार गर्ने र बिगतमा भएका उपचार विधि भन्दा नितान्त फरक तरीकाले बिरामीलाई समस्या नपर्ने तरीकाको बिषयमा नेपालमै पहिलोपटक यो सम्मेलन आयोजना गरिएको आयोजक समेत रहेका डाक्टर गुरुङले बताए ।

सम्मेलनमा हाडजोर्नी रोग सम्बन्धि उपचार गर्ने विधि ‘ओजन थेरापी र हाइड्रोजन थेरापी’बाट उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने हेतुका साथ कार्यक्रम भएको थियो।

कार्यक्रमले नेपाल मात्र नभएर एसियाका भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायत मुलुकका हाडजोर्नी डाक्टरहरुको सहभागिता रहेको थियो।

सम्मेलनको मुख्य उदेश्य नै नया विधिको उपचार र यो विधिको उपचारबाट बिरामीलाई सहज हुने र विश्वमै राम्रो हुँदै गएकाले आफुहरुले पनि नेपालमा IAOS सम्बन्धि गहन छलफल सम्मेलन गरेको गुरुङले बताए।

सम्मेलन हाडजोर्नी रोगको उपचार समस्याका समाधान र भोलीका दिनमा गर्नुपर्ने कामका बारेमा छलफल भएको थियो। अर्को सम्मेलन मलेसियामा गर्ने तय भएको सम्मेलनका संयोजक डाक्टर गुरुङले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.