सुचना, समाचार र मनोरन्जन

सरकारले राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउने

काठमाडौँ/

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रूपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बताए ।

Chaka Panja

उनले असोज २ लाई विशेष उत्साहका साथ मनाउने अठोट गरे । उनले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक रूपमा मनाउन आह्वान गरे । उनले शिक्षा दिवस उपलब्धिमूलक र परिणाममुखी बनाउन सरकारले काम गरिरहेको पनि बताए ।

‘असोज २ लाई विशेष उत्साहका साथ मनाउनका निम्ति प्रयत्न गर्नेछौँ भन्ने अठोट पनि यो आयोजक समारोह समितिले गर्नुपरेको छ । यहाँहरू सबैले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक, भव्यताको पाटो मात्रै होइन कि उपलब्धिमूलक, परिणाममुखी, यसले केही न केही सन्देश नेपाली जनतालाई दिओस् । केही उपलब्धि पनि र नेपाली शिक्षालाई गहिराउने, यसलाई विस्तारित गर्ने सन्दर्भमा भन्ने हिसाबबाट यहाँहरू सबैको सहयोग हुने नै छ । हामी विभिन्न निकाय, सङ्घसंस्था, प्रदेश सरकार, स्थानीय निकायसमेतलाई अनुरोध गरेर हाम्रो जुन उचाइको उत्साह छ, त्यो उत्साह त्यहाँ पनि कम्युनिकेट गर्नुपर्नेछ ।’

मन्त्री राईले नेपाली शिक्षालाई विस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.