सुचना, समाचार र मनोरन्जन

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन

काठमाडौँ/

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको छ । वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसहित ९ जनाले आवेदन दिएका हुन् । आवेदन दिएका मध्ये एक जनाको अस्वीकृत गरिएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेको समयभित्र ९ जनाले आवेदन दिएका हुन् ।

जसमा प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुष दाहाल, डा विधाननिधि पौडेल, प्राडा श्रीकृष्ण गिरी, डा.प्रमोदकुमार यादव, डा अन्जनीकुमार झा र प्राडा मनेन प्रसाद गोर्खालीको आवेदन परेको हो । र समितिले उनीहरूको दरखास्त स्वीकृत गरेको समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.