सुचना, समाचार र मनोरन्जन

अक्षरयात्राको २०२ औँ शृङ्खला सम्पन्न

पोखरा /

गजल सन्ध्या, पोखरा नेपाल र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुने ‘अक्षरयात्रा’ को २०२ औँ शृङ्खला सम्पन्न भएको छ ।

Chaka Panja

पोखराको सहिदचोकमा अवस्थित सहिदपार्कमा सम्पन्न भएको सो कार्यक्रममा लक्ष्मण थापा, सुरज उपाध्याय, सञ्जीव पौडेल, प्राञ्जल, लाल कार्की ‘अञ्जान’, श्रीराम अधिकारी ‘गोर्जे’, रामजीप्रसाद आचार्य, माधव खतिवडा, विष्णु सुवेदी, लक्ष्मी देवकोटा, ढाकामोहन बराल, भावना रानाभाट, सङ्केत आचार्यलगायतले विभिन्न रचना वाचन गरेका थिए । अधिकांश रचनाहरू सहिदको सम्झना, उनीहरूको बलिदानी एवम् समसामयिक विषयमा केन्द्रित थिए ।

‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल नाराका साथ सञ्चालित अक्षरयात्रा वि.सं. २०६२ सालदेखि निरन्तर रूपमा सञ्चालित छ । गजल सन्ध्या पोखरा, नेपालका उपाध्यक्ष सुरज उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सदस्य माधव खतिवडाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.