सुचना, समाचार र मनोरन्जन

डेङ्गी सङ्क्रमणबाट वालिङमा एक जनाको ज्यान गयो

स्याङ्जा/

डेङ्गी सङ्क्रमणबाट स्याङ्जामा एक जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणबाट वालिङ नगरपालिका–१३ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा ज्यान गएको वालिङका स्वास्थ्य प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए ।

गएको हप्ता वालिङको गह्रौँ प्राथमिक अस्पतालमा गरिएको परीक्षणमा चार जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । उपचारका लागि आएका बिरामीहरूको रगत परीक्षण गर्दा डेङ्गी सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताए । सङ्क्रमण पुष्टि भएका र उपचाररत रहेका अन्य बिरामीहरू वालिङ नगरपालिका–८ र १४ का हुन् ।

यसैबीच डेङ्गी सङ्क्रमित वालिङकी ११ महिनाकी बालिकाको पाल्पामा उपचारका क्रममा ज्यान गएको छ । वालिङ–११ गहतेकी बालिकाको उपचारका क्रममा ज्यान गएको पाल्पा जिल्ला अस्पतालले जनाएको छ ।

योसँगै स्याङ्जामा डेङ्गीका कारण ज्यान जानेको सङ्ख्या दुई पुगेको छ ।

Leave A Reply

Your email address will not be published.