सुचना, समाचार र मनोरन्जन

बेसारको पानी पिउँदा हुनेछन् यस्ता पाँच फाइदा

काठमाडौं /

भान्साकोठामा प्रयोग गरिने बेसारले खानाको रंग र स्वाद मात्र निखार्दैन, यसले हाम्रो शरीरबाट धेरै प्रकारका संक्रमण हटाउन पनि मद्दत गर्छ।

आयुर्वेदमा बेसारलाई निकै फाइदाजनक मानिन्छ । बेसारमा भिटामिन सी, प्रोटिन, आइरन, कपर, भिटामिन ई, फाइबर जस्ता पोषक तत्व पाइन्छ ।

हरेक दिन बेसारको पानी नियमित पिउने हो भने धेरै रोगबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक, यो तपाईंको छालाको लागि पनि धेरै लाभदायक हुन सक्छ।

बेसारको पानी पिउनुका फाइदाहरु:

पाचन प्रणाली स्वस्थ रहन्छः बेसारको पानीको नियमित सेवनले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्छ। यसमा पाइने पोषक तत्व पाचनका लागि निकै लाभदायक हुन्छ । बेसारमा रहेको एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । बेसारको पानी पिउनाले पेटसँग सम्बन्धित धेरै समस्याहरू कम गर्न मद्दत गर्छ।

ब्लड सुगरलाई नियन्त्रण गर्छः मधुमेहका रोगीहरूका लागि बेसारको पानी रामबाण औषधिभन्दा कम छैन । बेसारको पानी रगतमा चिनीको मात्रा घटाउन सहयोगी हुन्छ । बेसारमा कर्क्युमिन पाइन्छ जसले मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ ।

मुटुका लागि फाइदाजनकः बेसारमा पाइने कर्क्युमिन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ जसले मुटुसँग सम्बन्धित रोगहरू कम गर्न मद्दत गर्छ। बेसारको पानी नियमित पिउने हो भने मुटुको स्वास्थ्य राम्रो रहन्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछः बेसारमा पाइने एन्टी-इन्फ्लेमेटरी गुणहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ। यो गुणले तपाईंलाई धेरै प्रकारका रोग र संक्रमणहरूबाट बचाउँछ। यदि तपाइँ हरेक दिन खाली पेटमा बेसारको पानी पिउनुहुन्छ भने, यसले तपाइँको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

छालाको लागि लाभदायकः छालामा चमक ल्याउन बेसार लामो समयदेखि प्रयोग हुँदै आएको छ। यदि तपाइँ नियमित रूपमा बेसारको पानी पिउनुहुन्छ भने तपाइँको छाला स्वस्थ र चम्किलो हुन्छ। बेसारमा पाइने एन्टिअक्सिडेन्ट गुणले बुढ्यौलीलाई कम गर्छ ।

Leave A Reply

Your email address will not be published.