सुचना, समाचार र मनोरन्जन

कांग्रेसको प्रश्न- गल्ती छैन भने छानबिनको लागि किन तयार नभएको?

काठमाडौं /

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए।

सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरि खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए। सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउदै संसदीय छानबिन आवश्यक रहेको बताए।

सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफुहरुले गरेको बताए।

उनले आफूहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउँदै गल्ती छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए।

गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको निश्पक्ष छानविन गर्नका लागि संसदीय समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको उनले बताए।

संसदीय छानविन समिति बनाउन ढिला नगर्नसमेत उनले आग्रह गरे। संसदीय समिति बनाएर उक्त समितिले गरेको निर्णय स्वीकार गर्न सबै तयार हुनुपर्ने उनको भनाइ छ।

‘निश्पक्ष संसदीय छानविन समिति गठन होस्। फैसला सुनाउने अधिकार सरकारलाई छैन। संसद्को छानविन समितिले जे निर्णय गर्छ त्यसमा म तयार छु भनेर प्रस्तुत हुने वातावरण निर्माण गरियोस् । हामी संसद् अवरोध गर्न चाहन्नौं,’ उनले भने।

Leave A Reply

Your email address will not be published.