सुचना, समाचार र मनोरन्जन

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरेः ज्ञानेन्द्र शाही

काठमाडौं /

राष्ट्रिय प्रजातन्त्र पार्टी {राप्रपा}का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए।

उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरेपनि आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने समेत जनाकारी दिए ।

उनले सहकारीमा लाखौं पिडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.