सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकमाथि सांसद्हरूले सुुझाव माग्न थाले

काठमाडौँ/

‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसदमा दर्ता भएसँगै सांसद्हरू सक्रिय भएका छन् । उनीहरूले सार्वजनिक रूपमा विधेयकमाथि थपघट गर्नुपर्ने (संशोधन) विषयमा सार्वजनिक रूपमा सुझाव माग्न थालेका हुन् ।

विधेयकका विषयमा चौतर्फी चासो बढेपछि सांसद्हरूले सुुझाव माग्न थालेका हुन् । पूर्व शिक्षामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले मेलमार्फत सुधार गर्नुपर्ने विषय भए पठाउन अनुरोध गरेका छन् ।

sfal

उनले शिक्षाविद्, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाहरूले आफ्नो सुझाव मेलमार्फत पठाउन सकिने बताएका हुन् ।

उनले आफ्नो मेल आईडी मा [email protected]  सुझाव पठाउन अनुरोध गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डाक्टर तोसिमा कार्कीले समेत विधेयकमाथि आवश्यक सुझाव दिन आग्रह गरेकी छन् ।

सरोकारवालामार्फत सुझाव तथा सल्लाहहरू गुगल फारममार्फत दिन अनुरोध गरेकी हुन् । उनीहरूले शिक्षा समितिमा छलफल गर्ने भन्दै सुझाव माग गरेका हुन् । त्यस्तै विद्यार्थी संगठनहरूले समेत आफ्नो धारणाा बनाउने भन्दै सुझाव माग गर्दै आएका छन् ।

नेविसंघले विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि धारणा बनाउनुपर्ने भन्दै मातहतका निकायहरूलाई परिपत्र गर्दै राय सुझाव माग गरेको हो ।

Leave A Reply

Your email address will not be published.