सुचना, समाचार र मनोरन्जन

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाडौँ/

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ।

सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन पहरो कटान गर्नुपर्ने भएका कारण राति चार घण्टा यो खण्डमा गाडी आउजाउ बन्द गर्न लागिएको हो ।

आजदेखि २० गतेसम्म खयरघारी र पोखरेखोला नजिक गाडी आउजाउ रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए । यो समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीबाहेक अन्य गाडी चलाउन पाइने छैन ।

नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डले सूचना निकालेर यो खण्डमा दिउँसोको समयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ । काठमाण्डौबाट बाहिरने गाडीलाई धादिङको थाक्रे गाउँपालिका–१ को एक्लेफाँटमा र काठमाण्डौ भित्रिने गाडीलाई गजुरी गाउँपालिका(५ घाटबेसी पुलमा रोकिने सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.