सुचना, समाचार र मनोरन्जन

पोखरामा पहिलो पटक विद्यालयस्तरिय फुलकन्ट्याक्ट कराँते हुने

नेपाल स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ कास्कीको आयोजनामा उक्त प्रतियोगिता यहि असोज ६ गते हुने भएको हो ।

पोखरा /

पोखरामा पहिलो पटक विद्यालयस्तरिय फुलकन्ट्याक्ट प्रतियोगिता हुने भएको छ । नेपाल स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ कास्कीको आयोजनामा उक्त प्रतियोगिता यहि असोज ६ गते हुने भएको हो ।

पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा ५० विद्यालयका छात्ररछात्रा गरि २ सय जना खेलाडीहरुको सहभागिता हुने संघका संस्थापक संरक्षक एवं अग्रज प्रशिक्षक शिव गुरुङले जानकारी दिएका छन् ।

पहिलो पटक आयोजना गरिएको विद्यालयस्तरिय फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा यति ठूलो संख्यामा खेलाडीहरुको सहभागिता हुने लागेको हो ।

फुलकन्ट्याक्ट कराँते खेलप्रति आकर्षण संगै यूवा खेलाडी उत्पादनका लागि आयोजित उक्त प्रतियोगितामा छात्ररछात्रा दुवैतर्फ विभिन्न १३ तौल समुहमा प्रतिस्पर्धा गराइन लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १९ केजी मुनी, २३, २५, २६, २९, ३०, ३१, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौलमुनी प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा टिम च्याम्पियन तथा दोश्रो र तेश्रो हुने विद्यालयलाई ट्रफी प्रदान गरिने छ भने विभिन्न तौल समुहका विजेता प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतियोगितालाई नेपाल यूवा खेलकुद विकास मञ्चले सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.