सुचना, समाचार र मनोरन्जन

पाेखरा १४ मा एकैपटक १७ चौतारी निर्माण

नवौं संविधान दिवसको अवसर पारी बुधबार वडाध्यक्ष बोधबहादुर कार्कीले मर्मत सम्भार गरिएका १७ वटै चौतारी उद्घाटन गरे ।

पोखरा /

पोखरा महानगरपालिका वडा नं. १४ मा एकै पटक १७ वटा चौतारीको मर्मत सम्भार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा विनियोजित रकम २२ लाख रुपैयाँ लागतमा सो कार्य गरिएको हो ।

नवौं संविधान दिवसको अवसर पारी बुधबार वडाध्यक्ष बोधबहादुर कार्कीले मर्मत सम्भार गरिएका १७ वटै चौतारी उद्घाटन गरे । वडा कार्यालयद्वारा स्थानीय मोतीबहादुर बानियाको अध्यक्षतामा ९ सदस्यीय चौतारी निर्माण समिति गठन गरिएको थियो । साथै वडा सदस्य तनुजा थापा सिके, स्थानीय गोकर्ण कार्की र ललितबहादुर बानिया सदस्य रहेको अनुगमन समिति पनि गठन गरिएको थियो ।

समितिले वडाभित्र रहेका ऐतिहासिक चौतारीहरु मर्मत सम्भार गरी वडालाई हस्तान्तण गरेको हो । वडाध्यक्ष कार्कीले थोरै रकमले पनि धेरै चौतारीे मर्मत सम्भार भएको बताए । उनले पोखरा महानगरका अन्य वडामा यस्ता कार्य नभएको भन्दै उनले पोखरा १४ मा पहिलो पटक पृथक शैलीको काम भएको स्पष्ट पारे ।

वडाध्यक्ष कार्कीले वडा भित्रका अन्य चौतारी पनि यसै वर्ष पुनःनिर्माण गरिने जानकारी दिए । कार्यक्रममा चौतारी निर्माण समितिका अध्यक्ष मोतीबहादुर बानियाले सबैको सहयोगका कारण समयमै काम सम्पन्न गर्न सकिएको बताए ।

सो अवसरमा अनुगमन समितिका सदस्य ललितबहादुर बानियाँले वडामा पहिलो पटक यस्तो कार्य हुनु निकै प्रशंसनीय भएको जनाए । चौतारी निर्माण समिति सचिवमा हरिकृष्ण कार्की, कोषाध्यक्ष रामचन्द्र केसी, सदस्यहरुमा उद्धवबहादुर कार्की,सरिता कार्की, ईश्वरी गुरुङ, मञ्जु कार्की, रामकृष्ण अधिकारी र राजकुमार भण्डारी थिए ।

Leave A Reply

Your email address will not be published.