सुचना, समाचार र मनोरन्जन

खजुरे ब्रो : कमेडी जनरामा एक सामाजिक कथा

विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए ।

पोखरा /

बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।

विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए । उनका अनुसार सिनेमामा सामाजिक विषयवस्तुलाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । सिनेमाको आफ्नो भूमिकालाई लिएर उनी आशावादी छन् । आइरहेका नेपाली सिनेमाभन्दा केही फरक भएकाले पनि सिनेमा दर्शकलाई मन पर्ने विश्वास त्रिपाठीलाई छ ।

सिनेमाका मूख्य पात्र रेयर राइले ‘खजुरे ब्रो’ आफ्ना लागि टर्निङ पोइन्ट हुनेमा आशावादी छन् । कन्टेन्ट अनुसारलाई आफुलाई अभिनयमा ढाल्ने प्रयत्न गरेको उनले बताए । सिनेमामा रेयर नै ‘खजुरे ब्रो’ पात्रमा देखिदैछन् ।

कलाकार पुष्कर कार्कीले सिनेमामा आफ्नो सस्पेन्स भूमिका भएको उल्लेख गरे । सामाजिक विषयवस्तु भएकाले पनि दर्शकको रोजाईमा ‘खजुरे ब्रो’ पर्नेमा उनी विश्वस्त छन् ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाले मनसरा, पुजार सार्की र फर्कीफर्की जस्ता सिनेमाले ‘खजुरे ब्रो’ को व्यापारमा असर नगर्ने उल्लेख गरे ।  सिनेमाको छायाँकन दार्जलिङ, धरान र काठमाडौंमा गरिएको हो । अहिलेसम्म एक करोड पचास लाख माथिको खर्च भइसकेको निर्माण पक्षले जनाएको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सिनेमाको कथा सुरज सुनुवारले लेखेका हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन्।

अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ। फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई,शान्तिला तामाङ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.