सुचना, समाचार र मनोरन्जन

प्रदिपको ‘ऐरी’मा भुटानका चर्चित कलाकार सांगे फाइनल

काठमाडौं :
भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले फिल्म ‘ऐरी’मा काम गर्ने पक्का भएको छ। सांगे र यो फिल्मका निर्देशक जीवन थापाबिच बुधबार कागजी संझौता भएको छ । फिल्मका लागि संझौता गर्न सांगे मंगलबार नेपाल आएका थिए।

नायक प्रदिप खड्काको मुख्य भूमिका रहने यो महत्वकांक्षी फिल्ममा सांगेको भूमिका के हुने हो भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन। तर, यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन्। फिल्ममा अनुवन्धित भएपछि ‘जवान’ अभिनेताले भने–‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो। यसको कथावस्तु ऐतिहासिक छ। साथमा, मलाई सधै नै योद्धाको कथामा काम गर्न मन थियो। यसैले, यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ ।’

Chaka Panja

बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेले बताएका छन् । सांगेले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाईमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको बताए। साथै, उनले फिल्मका निर्देशक जीवन थापा र नायक प्रदिप खड्का प्रतिभाशाली भएकाले पनि काम गर्न उत्साहित भएको तर्क गरे ।

यो फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ। यो फिल्मलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ। फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ।

फिल्मको छायांकन केही महिनापछि सुरु हुनेछ। निर्माणपक्षले अब कलाकारहरुलाई अनुवन्धित गर्ने कामलाई अगाडि बढाएको बताए।यो फिल्मका लागि नायक प्रदिप खड्काले निकै मिहिनेत पनि गरिरहेका छन्। फिल्म ‘जवान’मा काम गरेपछि सांगेको चर्चा नेपाली दर्शकमाझ पनि निकै छ । यसैले, नेपाली फिल्ममा उनको प्रवेशले नेपालीसँगै भारतीय दर्शकलाई पनि उत्साहित बनाउने पक्का छ।

Leave A Reply

Your email address will not be published.