सुचना, समाचार र मनोरन्जन

सार्दिखोलामा रक्तदान ५३ युनिट रगत संकलन

पोखरा /

गणतन्त्र दिवसको अवसरमा माछापुच्छ«े गाउँपालिका वडा नं.–०२ स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ ।

सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि. द्धारा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा माछापुच्छ«े गाउँपालिका वडा नं.–२ का अध्यक्ष गणेश आचार्यले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि गरे ।

प्रमुख अतिथि आचार्यले सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तरगतका कार्यक्रमले यस क्षेत्रका वासिन्दाहरुमा सकारात्मकता फैलाउनुका साथै रगतको अभावमा देशभरका कोहिपनि ब्यक्ति को निधन नहोस भन्ने हेतुले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिनुका साथै भविष्यमा अझ उत्कृष्ठ कार्यक्रमहरुको लागि पनि सुझाव प्रदान गरे ।

कार्यक्रमको उद्घाटन सत्र संस्थाका सचिव राम प्रसाद आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा ५३ युनिट रगत संकलन गरि प्रादेशिक रक्तसंचार सेवा, पोखरालाई हस्तान्तरण गरियो । सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सर्वजित गुरुङले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.