सुचना, समाचार र मनोरन्जन

आज आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने

तनहुँ /

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ। आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आज बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ।

Pach Pandav

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुंगाहरु झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो। हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ। निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ। मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.