सुचना, समाचार र मनोरन्जन

आज २ बजे पोखराको मिडटाउन सिनेमामा ‘पुजार सार्की’का कलाकार आउँदै

पोखरा /

रिलिजको १८औँ दिनमा आज आइतबार फिल्म ‘पुजार सार्की’ कलाकारहरू पोखरा आएका छन्। उनीहरू आज दिउसो दुई बजेको शो मा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा जानेछन्।

Pach Pandav

कलाकारहरू आर्यन सिग्देल र अन्जना बराइली साथमा निर्देशक दिनेश राउतले दर्शक भेट्ने कार्यक्रम रहेको फिल्ममा मिडिया संयोजक जीवन पराजुलीले बताए। दर्शकलाई प्रत्यक्ष भेटी फिल्मबारे प्रतिक्रिया लिने बताइएको छ।

पोखराका दर्शक पनि कलाकार आउने भएपछि उत्साहित देखिएको सिनेमा हल श्रोतले जनाएको छ। कलाकार आउने थाहा पाएर सोधपुछ भइरहेको हलले बताएको छ। पुजार सार्की टिम हिजो शनिवार चितवन पुगेर दर्शक भेटेको थियो।

फिल्म जेठ १० गते रिलिज भएको थियो। फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन्। सुबास भुसालले निर्माण गरेको र बिकास सुवेदीको लेखन रहेको फिल्ममा प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बु लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.