सुचना, समाचार र मनोरन्जन

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पोखरा /

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो।

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.