सुचना, समाचार र मनोरन्जन

मिस एस.ई.ई. गण्डकी २०२४ को उपाधी अपेक्षा अधिकारीलाई

पोखरा/
एस.ई.ई. परिक्षा दिएर बसेका बिद्ध्यार्थीहरुलाई लक्षित गदै आयोजना गरिएको सौन्दर्य प्रतियोगिता “मिस एस.ई.ई. गण्डकी २०२४” शनिबार होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।

प्रतियोगिताको उपाधि अपेक्षा अधिकारीले हात पार्न सफल भएकी छिन् । त्यस्तै फष्ट रनरअपमा सुप्रिया तिवारी, सेकेण्ड रनरअपमा रिजा श्रेण्ठ, थर्ड रनरअपमा एन्जल जैशीले हात पार्न सफल भएकी छिन् । प्रतियोगितामा चाहाना गुरुङ भिवर च्वाइसको अवार्ड प्राप्त गरेका थिए । विजेता अपेक्षा अधिकारीले उपाधिको क्राउन, अर्वाड संगै न्यु ग्यालेक्सी अंग्रेजी माबिमा कक्षा ११ र १२ सम्मको पुर्ण छात्रवृत्ति, नगद तीस हजार रुपैया तथा अन्य गिफ्ट भौचरहरु प्राप्त गरेकी छिन । फष्ट रनरअप बन्न सफल सुप्रिया तिवारीले क्राउन, अर्वाड संगै न्यु ग्यालेक्सी उच्च माबिमा ७५ प्रतिशत छात्रवृत्ति सहित नगद बीस हजार रुपैया पुरस्कार प्राप्त गरेकी छिन् त्यस्तै सेकेण्ड रनरअप रिजा श्रेण्ठ र थर्ड रनरअप एन्जल जैशीले पनि अर्वाड संगै न्यु ग्यालेक्सी उच्च माबिमा ७५ प्रतिशत छात्रवृत्ति सहित नगद पन्ध्र हजार र दश हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका थिए ।

एस.टी. क्रियशन म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा भएको चांैठो संस्करणको प्रतियोगिता मार्फत युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास अबिवृद्धि र सामाजिक क्रियाकलाप आदीमा अग्रसर गराउने उद्देश्य रहेको आयोजक संस्थाका निर्देशक सुरज थापाले जानकारी गराए ।

फाईनल राउण्डको लागी १३ जना बिद्ध्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।


एलिना जीसी, सिम्रन क्षेत्री र सफल सुवेदीको संयुक्त कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न नृत्य, गायनका प्रस्तुतीले दर्शकको मनलाई मोहित बनाएको थियो।

प्रतिस्पर्धीको मूल्याङ्कनका लागि न्यु ग्यालेक्सी अंग्रेजी माबिमा फाउण्डर तथा प्राचार्य डा. रामजी शर्मा, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको प्रिन्सिपल प्रकाश रेग्मी, फेवा टेलिभिजनका निर्देशक तथा सञ्चारकर्मी रुद्र श्रीसमगर, मिसेस गण्डकी निलिमा हिराचन, प्रोफेसर तथा सञ्चारकर्मी एलिना मगर लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगिताको निर्णायक संयोजकको भुमिका संस्कृतिकर्मी एवं कलाकार शिव थापाले रहेका थिए ।

करिब ५ घण्टा सम्म चलेको उक्त कार्यक्रमलाई फेवा टेलिभिजन र मिस मिस एस.ई.ई. गण्डकीको फेसबुक पेज मार्फत प्रत्यक्ष लाईभ गरिएका थियो । मिस एस.ई.ई. गण्डकीका कार्यक्रम संयोजक एवं संञ्चारकर्मी सफल सुवेदी र टिम संयोजक प्रियन्का गर्बुजा मगरले सञ्चालन गरेको प्रतियोगितामा अन्य विभिन्न विधामा समेत उपाधि तथा अवार्ड प्रतियोगिहरुलाई प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.