काठमाडौं /
रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण {क्यान}ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको हो ।
उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा उनीहरुको लाइसेन्स निलम्बन गरिएको र थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने भन्ने विषयमा निर्णय गरिने प्राधिकरणाले जनाएको छ ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।