सुचना, समाचार र मनोरन्जन

श्रीमदवीतक चर्चामा भक्तजनको भीड

पोखरा /

श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गएको छ ।

Chaka Panja

गत श्रावण १० गते देखि पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रजचनको १० औ दिन शनिवार सम्म आइपुुग्दा भक्तजनहरुको भीड दिन प्रतिदिन बढ्दै गइरहेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालका अनुसार प्रवचनमा भक्तजनहरुको भीड वढेसंगै सहयोग रकम र प्रसादका लागि समेत सहयोग आउने क्रम जारी रहेको छ । शनिवार गोपिका पाण्डे, पत्रकार रेनुका सुवेदी, अशेष भण्डारी, रेनुका भण्डारीको नेतृत्वमा मणिपाल अस्पतालमा कार्यरत स्टाफ नर्सको गु्रप, भाष्कर बोर्डिङ स्कुलका शिक्षक सबु लामिछाने, पद्य नर्सिङ होमका एकाउण्टेन्ट ज्योती सुवेदी पराजुली, सामाजिक तथा धार्मिक ब्याक्तित्व दीपा पाठक, भगवती ढकाल, शान्ति पौडेल, गंगा ढकाल, रोमन सुवेदी लगायतले प्रवचनमा आउने भक्तजनका लागि प्रसादको ब्यवस्था श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।

एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन । हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले बताए ।

Leave A Reply

Your email address will not be published.