सुचना, समाचार र मनोरन्जन

औद्योगिक प्रशिक्षार्थी तालिम सुरू हुँदै, एसइई पास गरेको हुनुपर्ने

कास्की : के तपाईं निशुल्क रूपमा औद्योगिक प्रशिक्षार्थी तालिम लिएर स्वरोजगार बन्न चाहनुहुन्छ? जो चाहेर पनि तालिम लिन सकिरहेका छैनन्. उनीहरूलाई मध्येनजर गर्दै २४ महिने निशुल्क तालिम सुरू भएको छ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिशीप) कार्यक्रमको प्रि-डिप्लोमा तहको निशुल्क भर्ना खुलेको छ।

होटल म्यानेज्मेन्ट, सिभिल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा नि:शुल्क भर्ना खुलेको हो।

एसएलसी सकेका र १६ वर्ष कटेका व्यक्तिले उक्त तालिममा आवेदन दिन सक्नेछन्। आवेदन १८ गतेसम्म दिन सकिनेछ।

थप जानकारीको यहाँ क्लिक गर्नुस : https://mosd.gandaki.gov.np/images/news/17270921776443_APT%20Notice%20information%20flyer%20edited%201%203.pdf

Leave A Reply

Your email address will not be published.