सुचना, समाचार र मनोरन्जन
Sarangi

काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग खेल्ने

काठमाडौ/
श्रीलङ्कामा हुने काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । च्याम्पिनशिप भोलिदेखि आउँदो २६ गतेसम्म कोलम्बोमा हुनेछ ।

काभाले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भोलि श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा पर्सि नेपालले उज्वेकिस्तानसँग, तेस्रो खेलमा असोज २२ मा माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ ।

नेपालले पाँचौँ खेलमा असोज २५ मा तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल हुनेछ ।

Leave A Reply

Your email address will not be published.