सुचना, समाचार र मनोरन्जन

कार्यकर्तालाई सम्बोधन गर्दै विप्लवले भने : वर्तमान ओली सरकार कति दिन टिक्ने हो ?

काठमाडौँ ।

शुक्रबारबार काठमाडौंमा कार्यकर्ता जागरणको कार्यक्रम राखेको नेकपा एमालेको सभा देखेर धेरै चकित भए। यो देखेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने ठोकुवा गरेका छन्।

उनले नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कूटनीति तरिकाले ओली सरकार नटिक्ने ठोकुवा गरेका हुन्।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरेको तर रातारात ढलेको उदाहरण दिए। त्यतिबेला आफ्नो सरकार नढल्ने दाबी गरेका प्रचण्डको त ढल्यो केपीओलीको रहन्छ र भन्ने भाव व्यक्त गरे। उनले ओली सरकार एकै रातमा नै ढल्न सक्ने कुरा जनताले भनिरहेको बताए।

एमालेका अध्यक्ष समेत रहेका ओलीप्रति आक्रोशित बनेका विप्लव प्रचण्डसँग केहि नरम देखिए।

उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने,‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ। जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ ।’

उनले वर्तमान सरकार कति दिन टिक्ने हो भन्दै प्रश्न गरेका छन्। वर्षैपिच्छे सरकार बनेको र देशलाई भ्रष्टचारीले कब्जा गर्न सक्ने तर्क गरे।
उनले थपे,‘वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्?’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीमाथी लक्षित गर्दै संसदमा क्रान्ति गर्ने मानिसलाई खिल्ली उडाउने, बदनाम गर्ने प्रयास भइरहेको भन्दै आक्रोश पोखे। निकै आक्रोशित देखिएका विप्लवले १७ हजारको बलिदानीपछि आएको व्यवस्थामा माओवादी आन्दोलनले सोचेको यही हो भनेर प्रचण्डमाथी प्रश्न उठाउन भ्याए। उनी नेपाल कम्युनिस्ट पार्टीका महासचिवमा हुन्। यो पार्टी भुमिगत हुँदा यहि ओलीको सरकारले वार्ता गरेका थियो।

Leave A Reply

Your email address will not be published.