सुचना, समाचार र मनोरन्जन

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमणमा

काठमाडौँ :

नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमणमा पुगेका छन्। उनी शनिबार मुक्तिनाथ मन्दिरको दर्शनका लागि पुस्ताङ पुगेका हुन्। नेपाल आएको समयमा उनले मुक्तिनाथको दर्शनका साथै पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टर पुगेका छन्।

Chaka Panja

उनले हेडक्वाटरको पनि अवलोकन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। हेडक्वार्टरमा उनलाई पृतनापति उपरथी सन्तोष बल्लभपौडेलले स्वागत गर्दै विभिन्न विषयमा छलफल छन्। तीन दिन अघि नेपाल भ्रमणमा आएका उनलाई राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानबीर राई लगायतसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सोही क्रममा नेपालका प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय भेटवार्ता समेत भएको थियो।

नेपाली सेना र भारती सेना बीच एक मुलुकका सेनाप्रमुख अर्को मुलुकका सेनाको मानार्थ महारथी बन्ने चलन रहेको छ । त्यहि चलनअनुसार द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

Leave A Reply

Your email address will not be published.