सुचना, समाचार र मनोरन्जन

एक अर्ब कमाईमा लम्किएको ‘पूर्णबहादुरको सारंगी’को ‘रैया चाँदीलाई मिल्यो एक करोडभन्दा बढि भ्युज

काठमाडौं :

हलमा प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारंगी’ले ५० करोड भन्दा बढिको व्यापारको सुरुवात गरेको छ। फिल्मले देश तथा विदेशमा गरि एक अर्बको व्यापारतर्फ लम्किएको हो। यहि मेसोमा फिल्ममा समावेश गीत ‘रैयाँ चाँदीको’ करोड क्लबमा प्रवेश गरेको छ। यस गीतलाई युट्युबमा करोडभन्दा बढि भ्युज मिलेको हो।

Chaka Panja

गीत रिलिज भएको एक महिनामा यस गीतलाई १ करोड भन्दा बढि हेरिएको छ।। गीतलाई आशिष अविरल र मेलिना राईले स्वर दिएका छन्। लोकभाकामा आधारित गीत टिकटक र रिल्समा जताततै देख्न सकिन्छ। अझै भनौ अहिलेको भाषामा यो गीत भाइरल छ। नवराज पन्तले लेखेको यो गीतमा गायक अविरलकै संगीत रहेको छ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुले अभिनय गरेका छन्। विजय बराल र अञ्जना बराइली, मुकुन भुषाल,विनोद न्यौपाने,बृद्धि तामाङ लगायतको अभिनय देख्न सकिन्छ। सरोज पौडेलको कथा तथा निर्देशित फिल्मको लगानी विनोद पौडेल र प्याट्रिक सुवेदीले गरेका छन्। यस फिल्मले बक्सअफिसमा ४० करोडको व्यापार गरिसकेको यो फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।

Leave A Reply

Your email address will not be published.