सुचना, समाचार र मनोरन्जन
Pdms

टाइगर ग्रुप अफ पोखराको तेस्रो साधारण सभा सम्पन्न, कोषाध्यक्षको प्रतिवेदन सार्वजनिक

पोखरा : विभिन्न क्षेत्रमा सक्रिय र सफल युवाहरूको संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले आफ्नो तेस्रो साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। आज भएको कार्यक्रममा समूहका अध्यक्ष नारायण प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको सभामा प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, विशिष्ट अतिथि तथा अन्य अतिथिहरू, संस्थाका पदाधिकारी, सदस्यहरू, र पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण संस्थाका कोषाध्यक्ष हरि कुमार श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन थियो। श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरिक्षणका नतिजा सार्वजनिक गर्दै संस्थाको आर्थिक स्थिति, उपलब्धि, र आगामी योजनाहरूको बारेमा प्रकाश पारे।

महत्वपूर्ण उपलब्धिहरू

-संस्थाले नेपाल सरकारद्वारा आयकर छुटका लागि आवश्यक प्रमाणपत्र प्राप्त गरेको छ।

-चौथो टाइगर कप २०८० बाट रु. १८,३७,४६४ बचत गर्न सफल भएको विवरण साझा गरियो।

-विभिन्न खेलकुद, सांस्कृतिक, र सामाजिक गतिविधिहरूमा सक्रियतासहित आर्थिक सहयोग उपलब्ध गराइएको छ।

 

खेलकुद र सामाजिक योगदान

टाइगर ग्रुपले पोखरामा आयोजना भएका विविध खेलकुद प्रतियोगिता र सामाजिक कार्यहरूमा महत्त्वपूर्ण आर्थिक सहयोग गरेको छ। यस क्रममा उल्लेखनीय रूपमा नेपाल मुवा थाई च्याम्पियनशिप, पोखरा कप भलिबल, क्याम्मी महोत्सव, र अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता (CAVA) मा गरी कुल लाखौं रकमको सहयोग प्रदान गरिएको थियो।

भविष्यको योजनाहरू

कोषाध्यक्ष श्रेष्ठले संस्थाको आर्थिक सुदृढीकरणको लागि मासिक सदस्यता शुल्क संकलनलाई प्राथमिकतामा राखिएको बताउँदै आर्थिक पारदर्शिताका लागि सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री विन्दु कुमार थापाले संस्थाको सामाजिक उत्तरदायित्व र युवाहरूको सहभागितालाई प्रशंसा गर्दै आगामी दिनमा पनि टाइगर ग्रुपले समाजको विकासका लागि अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.