सुचना, समाचार र मनोरन्जन

‘ब्याक टु नाइन्टिज’: पोखरामा सांगीतिक महोत्सव, ७ व्याण्डको धमाकेदार प्रस्तुति हुने

 

कास्की : पोखराको सांगीतिक इतिहासलाई पुनर्जीवित गर्ने उद्देश्यले पोखरा सांगीतिक कलाकार संघ, नेपाल र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना रहेको ‘ब्याक टु नाइन्टिज’ सांगीतिक कार्यक्रम  हुने भएकमो छ।

कार्यक्रम यही माघ २६ गते शनिबार पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने जनाइएको छ।।

सांगीतिक माहोललाई नयाँ उचाइमा पुर्‍याउन ९० को दशकका पोखरेली चर्चित ७ व्याण्डहरू— कन्दरा, डि-मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह र भेगाबोण्ड— आफ्नो शानदार प्रस्तुति दिनेछन्।कार्यक्रम ५:०० बजेबाट राति १०:०० बजेसम्म चल्नेछ।

पोखराको सांगीतिक इतिहास पुनर्जीवित गर्ने प्रयास

एक समय पोखरा ‘व्याण्डहरूको राजधानी’ थियो। ९० को दशकमा पोखराका व्याण्डहरूले देशविदेशमा चर्चित गीतहरू सिर्जना गर्दै नेपाली संगीतलाई नयाँ धार दिएका थिए। तर समयसँगै त्यो पहिचान सुस्ताउँदै गयो। यही विरासतलाई पुनर्जीवित गर्दै पोखरालाई पुनः सांगीतिक राजधानी बनाउने अभिप्रायले यो कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ।

सांगीतिक धमाका: ७ व्याण्डका प्रस्तुति

कार्यक्रममा लोक-पप, रक, फोक लगायत विभिन्न शैलीका गीतहरू प्रस्तुत हुनेछन्। कन्दराको ‘तगारोमा रुमाल’, ‘तिमी पारी’, डि-मर्चाको ‘याम्म क्याम्म’, ‘कैलाशैमा’, लेकालीको ‘यो मुटुमा’, ‘सपनीमा’, मध्याहको ‘जिन्दगीको के भरोसा’, ब्रोसिसको ‘चाइना कम्पनी’, देउरालीको ‘सररर हावा’ र भेगाबोण्डको ‘यो जिन्दगानी’ जस्ता सदाबहार गीतहरूले दर्शकलाई पुराना दिनको झझल्को दिनेछन्।

पर्यटन प्रवर्द्धन र सामाजिक सन्देश

संगीतमार्फत पोखरालाई ‘पर्यटनको राजधानी’ बनाउन भूमिका खेल्ने लक्ष्य लिइएको छ। साथै, युवालाई कुलत र दुर्व्यसनबाट जोगाउने, सांगीतिक उद्योगमा भविष्य खोज्न प्रेरित गर्ने, तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

२२ लाख बजेट, २० हजार दर्शकको अपेक्षा

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजनमा रहेको उक्त कार्यक्रमका लागि २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। कार्यक्रममा २० हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। कार्यक्रममा संकलित रकमबाट कलाकार अक्षयकोष स्थापनाको लक्ष्य राखिएको छ। कार्यक्रमको मुख्य प्रवर्द्धक पोखरा महानगरपालिका रहेको छ भने नेपाल सरकार, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त छ। कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडा मुख्य प्रायोजक रहेका छन्।

 

Leave A Reply

Your email address will not be published.