कास्की : नेपालमा सांगीतिक उत्सवको नयाँ परिभाषा स्थापित गर्दै एलजी एसोसिएसन नेपाल ले दोस्रो संस्करणको एलजी फेस्ट २०२५ आयोजना गर्दैछ। फागुन १६ गते पोखराको अमरसिंह ग्राउन्डमा हुने महोत्सव नेपालका चर्चित कलाकारहरूका साथ प्रस्तुत हुँदैछ।
यो फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भएको थियो। अन्तर्राष्ट्रियस्तरमा शानदार सफलता पाएपछि अब यो फेस्ट पोखरावासीका लागि भव्य रूपमा आयोजना गरिँदैछ।
अन्तर्राष्ट्रिय सफलतापछि अब नेपालमा पहिलो पटक यो भव्य म्युजिक फेस्ट आयोजना हुन लागेको हो। लाइभ म्युजिक, स्वादिष्ट खानाका परिकार, विशेष पेय पदार्थ र मनोरञ्जनका कार्यक्रमहरू हुनेछन्।