सुचना, समाचार र मनोरन्जन

विश्वबाट फाँसीवाद अन्त्य भएको ८० वर्ष पूरा

काठमाडौँ,

विश्वबाट फाँसीवाद अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा काठमाडौँ विशेष कार्यक्रम आयोजना भएको छ । फ्रेण्ड्स अन क्लाउडले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता एवं पूर्व मन्त्री डा मीनेन्द्र रिजाल, पूर्व राजदूत टंक कार्की, पूर्व राजदूत महेश दाहाल, विदेश मामिलाका ज्ञाता जेसन वैद्य, फ्रेण्ड्स अन क्लाउडका अध्यक्ष शोमित उप्रेती लगायतले धारणा राखेका थिए ।

फाँसीवादका विभिन्न सन्दर्भको चर्चा गर्दै डा रिजालले नेपालको संवेदनशिलतालाई ध्यानमा राखेर छिमेकी राष्ट्रबारे धेरै बोल्न नहुने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सैद्धान्तिक र व्यवहारिक राजनीतिक परिपक्वता नभएकोसमेत टिप्पणी गरे ।

एमाले नेता एवं पूर्व राजदूत टंक कार्कीले फाँसीवाद अन्त्य भएपनि विश्वका शासकमाझ यो प्रवृत्ति अहिले पनि कायम रहेको दृष्टान्त प्रस्तुत गरे । उनले विश्व ध्रुवीकरणको चर्चा गर्दै त्यसको असर नेपालमा पनि पर्ने भएकाले दलहरू सचेत हुनुपर्ने धारणा राखे ।

विदेश मामिला विज्ञ जेसन बैद्यले फाँसीवादको इतिहास, सन्दर्भ र नेपाल मामिलाको चर्चा गर्दै परिवर्तनको पक्षमा दृष्टिकोण प्रस्तुत गरे ।

अन्य युरोपेली देशहरूमा फासिवाद फैलिनु अघि पहिलो फासीवादी आन्दोलन इटालीमा पहिलो विश्वयुद्धको क्रममा देखा परेको थियो । उदारवाद, माक्र्सवाद र अराजकतावादको विरोधमा फाँसीवाद पारम्परिक बायाँ – दायाँ रंगावली भित्र उग्र दक्षिणतर्फ राखिएको छ।
तानाशाही शक्ति, फरक विचारको वा विरोधको बलपूर्वक दमन, साथै समाज र अर्थतन्त्रको बलियो फौजीकरण जस्ता विशेषता रहेको फासिवाद २० औँ शताब्दीमा प्रचलित थियो।

Leave A Reply

Your email address will not be published.