सुचना, समाचार र मनोरन्जन

नेपालको जलविद्युत्मा लगानी गर्न एसियाका बैंकलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ/

अर्थमन्त्री डा प्रकाशशरण महतले एसियाका विभिन्न देशका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन । बिहीवार काठमाण्डौमा भएको ३९ औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

Pach Pandav

अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए । उनले सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित उर्जालाई प्रोत्साहन गर्ने बताए । उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको बताए ।

उहाँले सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए । उनले विश्व बैंक र एडीपीले पनि नेपालको ठूलो जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताएका छन।

Leave A Reply

Your email address will not be published.