सुचना, समाचार र मनोरन्जन
jaar

‘पोखराको पाल्पा हाउस’मा तानसेन नगरकार्यपालिकाको बैठक

पाल्पाको मायाको प्रतीकरुपमा रहेको पर्यटकीयस्थल रानीमहलको झल्को दिने गरी पोखरा न्यूरोडमा पाल्पा हाउस प्रालिले निर्माण गरेको पाल्पा हाउसमा स्वागत तथा सम्मान गरिएको हो । सहभागीले पाल्पा हाउसको रानीमहल रेष्टुरेन्टमा पाल्पाली खानाका मौलिक परिकारहरु चुकाउनी, बटुक, हाँसको छोयला, मिसमास मेनुमा समावेश गरेकोमा खुसी व्यक्त गरे ।

पोखरा /

पाल्पाली समाज पोखराले तानसेन नगरपालिका कार्यपालिकाको सिंगो टोलीलाई पोखरामा स्वागत गरेको छ । पाल्पाको मायाको प्रतीकरुपमा रहेको पर्यटकीयस्थल रानीमहलको झल्को दिने गरी पोखरा न्यूरोडमा पाल्पा हाउस प्रालिले निर्माण गरेको पाल्पा हाउसमा स्वागत तथा सम्मान गरिएको हो ।

कार्यपालिकाको बैठकसमेत पाल्पा हाउसको सभाहलमा गरेर हौसला प्रदान गरेकोमा पाल्पा हाउस तथा पाल्पाली समाज पोखरा, पाल्पाली बहुउद्देश्यीय सहकारी, पाल्पा कोलोनी लगायतका संस्थाले तानसेन नगरपालिकालाई हार्दिक आभार प्रकटसमेत गरे ।

साथै अरु पालिकाले पनि यसैगरी आपसी सहकार्य गरेर संस्थाहरुलाई प्रोत्साहित गर्न आह्वान गरिएको थियो । एसिया फाउण्डेसन आयोजनामा भएको कार्यक्रमममा तानसेन नगरपालिका कार्यपालिकाको टोली पोखरा आएको हो । त्यसैबेला कार्यपालिकाको बैठक बसेको हो ।

सहभागीले पाल्पा हाउसको रानीमहल रेष्टुरेन्टमा पाल्पाली खानाका मौलिक परिकारहरु चुकाउनी, बटुक, हाँसको छोयला, मिसमास मेनुमा समावेश गरेकोमा खुसी व्यक्त गरे । साथै पाल्पाको पहिचान बोकेका विभिन्न आकृतिले सजाइएको भवनभित्र पाल्पाका मौलिक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले ढाका करुवाको बिक्री कक्षलगायत व्यापारिक स्टलसमेत प्रमोसन गरिएकोमा धन्यवाद ज्ञापन गरे ।

पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा सिंजाली, प्रमुख प्रशासकीय प्रमुख जीवन ज्ञवाली, प्रवक्ता यादवसिंह कार्की लगायत सबैजसो वडाध्यक्षहरुको उपस्थिति थियोे । कार्यक्रमको संचालन पाल्पाली समाज पोखराका महासचिव सञ्जय आत्रेयले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.