सुचना, समाचार र मनोरन्जन

३० करोड कमाउने अपेक्षा राखिएको फिल्म ‘भष्मे डन’को कमाई ८ करोड

काठमाडौं :

दसैंको फूलपातीको छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को दोस्रो सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ कमाई अनुमान गरिनेको भन्दा धेरै न्युन भएको छ। यो फिल्मको कमाई निर्माताले ३० करोड हुने अनुमान गरेका थिए तर चौंथो हप्तामा प्रदर्शनरत हुँदा पनि ८ करोड हाराहारी कमाई गरेको हो।

फिल्मका वितरक कम्पनी डिसिएनका प्रमुख अशोक शर्माका अनुसार फिल्मले ८ करोड हाराहारी बटुलेको छ। निर्माण पक्षको आँकलन यस अघि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’को २१ करोडको रेकर्ड तोड्न सक्छ भन्ने थियो । तर, त्यसो नभएर ८ करोडमा खुम्चिएको हो।
शुक्रकनर फिल ‘पशुपति ३’को घोषणा कार्यक्रममा निर्देशक दीपेन्द्र के. खनालले सोचे अनुसारको फिल्मले पैसा कमाउन नसकेको स्वीकार गरेका छन्।उनले पैसाका लागि ‘भष्मे डन’ नबनाएको र पैसैमा ठुदो नभएको दाबी गरे ।

‘पैसा मात्र ठूलो कुरा होइन । पैसा मात्रै भनेको भए हामीले धेरै पहिला नै फिल्म बनाइसक्थ्यौं,’उनले भने,‘७ वर्ष लाग्ने थिएन । र, ‘पशुपति प्रसाद’लाई हामी धेरै सस्तोमा बनाएर धेरै मुनाफा कमाउनेतिर पनि लाग्न सक्थ्यौं ।’

उनले फिल्मको कमाईको बारेमा कुरा निक्लिएको प्रशंगमा आफुले जुन आँकडामा सोचेका थियौँ त्यो हुन नसकेको बताए। निर्देशक खनालले आफ्नो फिल्मलाई लिएर आएका प्रतिक्रियालाई ७० र ३० को आँकडामा विभाजित गर्दै ७० प्रतिशतले फिल्म मन पराएको,३० प्रतिशतमा १० प्रतिशतले ‘पशुपति प्रसाद’ अनुरुप नभएको र २० प्रतिशतले फिल्म अपेक्षाकृत नभएको भनेर गुनासो बताए। उनी यो प्रतिक्रियालाई स्वभाविक भएको दाबी गर्छन्।

फिल्मका लेखक तथा मुख्य कलाकार खगेन्द्र लामिछानेले पनि फिल्मको कमाई सोचे अनुसारको नभएको स्वीकार गरेका छन्। उनले ‘दोश्रो सिरिजमा थुप्रै पात्रहरु छरिएको हुँनाले तेस्रोमा समेट्ने दाबी गरेका छन् । उनी भन्छन्,‘अब, यी सबै पात्रहरुलाई एक ठाउँमा समेट्ने जिम्मा पनि हाम्रै हो ।’

दर्शकले तेस्रो सिरिज नमागे पनि उनले मागेको दाबी गरे।

‘दर्शकले पनि तेश्रो सिरिज निर्माणको माग गर्नु भएको छ । यसैले, हामीले यसको तेश्रो सिक्वेल बनाउने तयारी गरेका हौं,’उनले पत्रकार सम्मेलनमा भने।
फिल्मका वितरक अशोक शर्माले यतिको व्यापारलाई सुखद मान्नुपर्ने बताए।

‘थुप्रै फिल्मले त पोष्टरको पैसा समेत उठाउँदैनन् । पशुपति प्रसाद २ः भष्मे डनले अपेक्षा गरे अनुसारको व्यापार नगरेको पक्का हो । तर, यसले गरेको व्यापारलाई सुखद मान्नुपर्छ,’उनले भने।

फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.