सुचना, समाचार र मनोरन्जन

मुकुन र लक्ष्मीको ‘बिच्छेद’को प्रदर्शन अनिश्चित

काठमाडौं :

आगामी मंसिर ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘बिच्छेद’अनिश्चितसम्म रोकिएको छ। निर्माण पक्षले प्रचारका लागि पर्याप्त समय नपुगेको फिल्मको निर्धारित समयमा रिलिज नगर्ने जानकारी दिएको हो।

Chaka Panja

निर्देशक सत्यराज चौलागाईँका अनुसार फिल्मको तिहारपछि मात्रै नयाँ प्रदर्शन मिति तोकिने छ। निर्देशक सत्यरातको यो दोस्रो निर्देशकिय फिल्म हो । उनले यो फिल्ममा ‘बुलबुल’का मुख्य कलाकारलाई राखेर अभिनय गराएका छन्। ‘बुलबुल’फिल्मका कलाकार मुकुन भुसाल र लक्ष्मी बर्देवालाई यो फिल्ममा मुख्य भूमिकामा अभिनय गराइएको छ।

मुकुन र लक्ष्मीका अलवा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा लगायतले यो फिल्ममा अभिनय गरेका छन्। फिल्मलाई सङ्कल्प भुजेलले खिचेको हुन् भने लगानी राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन।

सह–निर्मातामा प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको ‘बिच्छेद’मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ। यो फिल्मको गीत र टिजर दसैंको छेको पारेर रिलिज गरिएको थियो।

Leave A Reply

Your email address will not be published.