सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘दिमाग खराब’को प्रतिक्रिया लिन हलमा पुगे कलाकार 

काठमाडौं :

शुक्रबार औसत ओपनिङ गरेको फिल्म ‘दिमाग खराब’ले आज शनिबार भने उत्साहजनक व्यापार गरेको छ। फिल्मका कलाकार सहित राजधानीका विभिन्न हलमा पुग्दा दर्शकको उच्च चाप देख्न सकिन्थ्यो।

दर्शकको प्रतिक्रिया राम्रै आएपछि हल पुगेका कलाकार खगेन्द्र लामिछाने उत्साहित बनेका छन्। निर्देशक तथा कलाकार समेत रहेका निश्चल बस्नेत पनि दर्शकको प्रतिक्रियाप्रति सकारात्मक देखिएका छन्। उनले दर्शकको हलमा उपस्थिति देखेर आफु खुशी भएको बताए।

Exchange and test

यसै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का पनि दर्शकको भिड देखेर उत्साहित बनेको देखिन्थ्यो। उनले दर्शकको प्रतिक्रिया बुझेपछि युटुबरका अगाी उभिएर आफ्नो खुशी साट्न व्यस्त भइन्। बिहिबार भएको प्रिमियरमा पनि उनको अभिनयको तारिफ भएको थियो। किनभने उनले गाउँले एक सामान्य नारीको भुमिका निर्वाह गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले यो फिल्म हरेक नेता तथा कार्यकर्ताले हेर्नुपर्नेमा सुझाव दिए। उनले आफ्नै दलको उदाहरण दिदै जनताले परिवर्तन चाहेको आशय व्यक्त गरे।

फिल्ममा निश्चल,स्वस्तिमा,खगेन्द्रका अलवा अर्पण थापा,माओत्से गुरुङ,कमेडियन सुमन कार्कीले अभिनय गरेका छन्। फिल्मलाई रौनक बिक्रम कंडेलले निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.