सुचना, समाचार र मनोरन्जन

स्थानीयले बयालिस थान हतियार बुझाए

 

बागलुङ : स्थानीय प्रशासनको आह्वानअनुरुप बागलुङका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन्। हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए। उनले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गरे।

अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरे।

यसअघि जिल्ला प्रशासनले खोजी अभियान सञ्चालन गरेर इजाजत नलिएका ११५ थान हतियार बरामद गरेको थियो।

Leave A Reply

Your email address will not be published.