सुचना, समाचार र मनोरन्जन
IVF New Banner

मङ्सिरमा ७ मा उपत्यकाको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

काठमाडौँ/

काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक डाकिएको छ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।

Exchange and test

मङ्सिरमा ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले  बताए ।

बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.