सुचना, समाचार र मनोरन्जन
jaar

ढोरपाटनमा पहिलो पटक हाई अल्टिच्यूड आइटिएफ तेक्वान्दो सेमिनार

दक्षिण एसियाको एक मात्र शिकार आरक्ष ढोरपाटनको पर्यटन प्रवर्द्धन गर्न, आईटीएफ तेक्वान्दो खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यका साथ उक्त सेमीनारको आयोजना गरिएको हो ।

पोखरा /

गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ ।

दक्षिण एसियाको एक मात्र शिकार आरक्ष ढोरपाटनको पर्यटन प्रवर्द्धन गर्न, आईटीएफ तेक्वान्दो खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यका साथ उक्त सेमीनारको आयोजना गरिएको हो ।

यही मंसिर ८ देखि ९ गतेसम्म बाग्लुङको ढोरपाटनमा हुने सेमीनारले खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको बृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको बिकासका लागि समेत उत्तिकै महत्व राख्ने सेमिनारका मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा उक्त सेमिनार तयारी गरिएको संयोजक थापाले बताए । सेमीनारमा देशका विभिन्न जिल्ला र प्रदेश बाट करिब ४ सय खेलाडीको सहभागिता हुने छ । सेमीनारलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।

जस अन्तर्गत मिडिया व्यवस्थापन उपसमिति संयोजकमा कविता घर्तीमगर, प्रतिक घर्तीमगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, आकाशचन्द्र घर्तिमगरको संयोजकत्वमा अफिसियल तथा खेल सामाग्री व्यवस्थापन उपसमिति, जीवन पुनको संयोजकत्वमा होटल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै खेल प्रर्दशनतर्फ फारमबहादुर महत, अतिथि व्यवस्थापनतर्फ शर्मिला महत, स्टेज तथा साउण्ड सिस्टम संयोजकतर्फ बसन्ती बुढा, खेलाडी व्यवस्थापनतर्फ दिनेश बुढा, यातयात व्यवस्थापनतर्फ विजय पुन, सुरक्षा व्यवस्थापनतर्फ तास्विन पुन, मेडिकल ब्यबस्थपनमा केशव थापा र स्वयमसेवक व्यवस्थापन संयोजकको जिम्मेवारी हर्क पुनलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रम संघिय सांसद देविप्रकास भट्टचनले उद्धघाटन गर्ने भएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.