सुचना, समाचार र मनोरन्जन

चलचित्र निर्देशक समाजको नयाँ कार्यसमिति चयन, प्रधानको नेतृत्वमा नयाँ टिम

काठमाडौँ :

चलचित्र निर्देशक समाजको नयाँ कार्यसमिति निर्वाचित भएको छ। समाजको हालै सम्पन्न निर्वाचनबाट वरिष्ठ चलचित्र निर्देशक अरुणकुमार प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा सुभास गजुरेल र दीपक वली चयन भएका छन् भने महासचिवको जिम्मेवारी समुन्द्र भट्टले पाएका छन्। त्यसैगरी, सचिवमा राजबहादुर साने, कोषाध्यक्षमा जनक खड्का र सहकोषाध्यक्षमा उत्सव केसी निर्वाचित भएका छन्।

समाजको कार्यसमिति सदस्यहरूमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिलाई चलचित्रकर्मी तथा विभिन्न सङ्घसंस्थाहरूले बधाई दिँदै नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र निर्देशकहरूको हकहितका लागि सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.