Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
काठमाडौँ,
वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।
चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।
Prev Post