सुचना, समाचार र मनोरन्जन

निर्माता संघमा भिपिसी शुल्क घटाउने सहमति

काठमाडौं :

नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको केही साता लामो संवाद र छलफल पछि अन्त्वत भिपिसि शुल्क घटाउने सहमति सम्पन्न गरेको छ । श्रवण १ गतेबाट निर्माताहरूले साविकमा तिर्दै आएको शुल्कमा करिव २५ प्रतिशत कम शुल्क तिर्नुपर्ने भएको छ भने अन्तराष्ट्रिय प्रदर्शनको प्याकेज शुल्कमा ३०,००० हजार कम तिर्नुपर्ने भएको छ ।

यस्तै नवल खड्का अध्यक्षतामा निर्माता संघले ५०,५० प्रतिशत शेयर बाडफाँट, ३ः३० मिनेट सम्मको फ्रि ट्रेलर लगायतको सहमति सम्पन्न गरिसकेको र निर्माताहरूले यसको लाभ लिइरहेका छन् । साथै चलचित्र विद्येकलाई चलचित्र उद्योग मैत्री बनाउँदै स्वसाशीत बोर्डको रुपमा स्वायत्तता प्रदान गर्नको लागि चलचित्र निर्माता संघको प्रयास जारी रहेको र चलचित्र सम्बद्ध संघसंस्थाहरूसंग सहकार्य सहित अगाडि बढिरहेको छ । चलचित्र निर्माताका पक्षमा संघले निरन्तर कार्य गरिरहेको अध्यक्ष खड्काले बताए ।

Leave A Reply

Your email address will not be published.