Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
- मौनताबाट नेतृत्वसम्म : नारी शक्तिको यात्रा र बदलिँदो समाज
- पोखरामा सार्वजनिक सरोकारमा नागरिक समाजको भूमिकाबारे अन्तरक्रिया
- ‘मझेरी’को चर्चाबीच निर्देशक सुरेन्द्रको नयाँ फिल्म ‘भोजपुरे ठिटो’सँग सम्झौता
- ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा
- ९९औँ ओस्कार अवार्ड: ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली चलचित्रको आवेदन खुला
- कलश इभेन्ट्सको मादल प्रतियोगिता : काठमाडौंका प्रिन्स बने जुनियर बिट मास्टर
- नीशा सुनारले सार्वजनिक गरिन् ‘झ्याप छौं कि साइँला दाई’, नाजिर र उषाको रोमान्स
- प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
- प्रधानमन्त्री बालेन र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रियसभा सदस्यहरुको माग
काठमाडौँ,
राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन मात्र बाँकी रहेको उल्लेख गर्नुहुँदै देशभर भयरहित, त्रासरहित, धाँधलीरहित रुपमा संयमतापूर्वक निर्वाचन सम्पन्न हुनुपर्ने बताए । यसका लागि वातावरण बनाउन पनि उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गरे ।
आजको बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले दैलेख जिल्लामा पहिचान भएको पेट्रोलियम उत्खनन गरी व्यावसायिक उत्पादन सुरु गरेर आन्तरिक आवश्यकता पूर्ति गरिनुपर्ने धारणा राखे ।
सांसद गोपाल भट्टराईले समाजकल्याण परिषद्का करार सेवाका केही कर्मचारीलाई निष्काशन गरिएको विषय सदनमा उठाए ।
सांसद सुमित्रा विसीले देशका विभिन्न भागमा हत्या हिंसा बढ्दै गएको समाचार आइरहेको बताउनुहुँदै यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कारबाही र पीडितको न्यायका लागि पहल गरिनुपर्ने बताए ।