Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साइप्रसका हलमा नेपाली फिल्म ‘हली’प्रदर्शनमा आउने कमफम
- ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
- नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
- दया र मिरुनाले थाले ‘रातो घेरा’को सुटिङ,अनिलले गर्दैछन् निर्देशन
- ‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’
- किसानलाई सावधानी अपनाउन आग्रह
- कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
- आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने
- राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
- नेप्से परिसूचक १४ अङ्कले बढ्यो
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
काठमाडौँ,
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ ।
सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । तालिम सञ्चालन गर्न आयोगका पदाधिकारी र सम्बन्धित कर्मचारी कार्यविभाजन गरी खटिइसकेका छन् ।
तालिमले मुख्य प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको र ती प्रशिक्षकले थप तालिम सञ्चालन गर्ने आयोगको योजना रहेको छ । प्रशिक्षण प्राप्त गरेपछि निर्वाचन अधिकृतले आगामी माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्नेछन् ।
आयोगले न्यायपरिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत पदमा नियुक्ति दिइसकेको छ ।