काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।
सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका हुन् । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनले बताए ।
उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए ।
कालिका– ३ मा स्थानीयहरूले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाए पनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।
